हिमालय २०७७ असार २८ गते
२८ असार, पोखरा । केहि दिनको लगातार बर्षापछि म्याग्दीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरो परी ४ जना बेपत्ताभएका छन् साथै पहिरोमा १२ जना घाइते भएका छन् घाईतेहरुको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पु¥याएको छ ।
पहिरोमा परी धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृच्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी(६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् ।
यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अ. ७ वर्षकी करिश्मा, अ. ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।
प्रहरीका अनुसार धवलागिरी ६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षा सविन पुन हराइरहेका छन् ।
हराएका भनिएका मराङ रिखाका अन्दाजी ४० वर्षका धनबहादुर जुग्जाली, अ. १५ वर्षकी रितु कुमारी र अ. ५ वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।
यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । प्राप्त विवरणअनुसार मालिका७ विमका ४० वर्षका विष्णु पौडेल, ४ वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली , सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ ।
यस्तै रघुगंगा गाउँपालिका—६ ठाडाखानीका अन्दाजी ५१ वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको छ ।
प्रहरीका अनुसार १२ जनालाई उद्दार गरिएको छ । मालिका(७ विमका पूर्णबहादुर नेपालीको ढाडमा चोट लागेको छ भने खुट्टा फ्याक्चर भएको छ । वडा नम्बर ६ की २२ वर्षीया मन्जिता श्रीपाली, जो गर्भवती पनि छिन्, उनको पनि ढाडमा समस्या देखिएको छ ।
उनीहरूसँगै ७ वर्षका सफल श्रीपाली र ताकमका ६७ वर्षका सतदेवी विटालुलाई पनि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको छ ।
मालिका(६ का बालसिंह रोकालाई काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ । सामान्य घाइते ७ जनाको भने बेनी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोका कारण जोखिममा परेका झण्डै ९०० बढिलाई सुरक्षित स्थानमा सारिएको छ । धवलागिरी गाउँपालिकाका मात्र ५९० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोमा परेकाहरुको उद्दारमा तीन वटै सुरक्षा निकायका साथै स्थानीय समेत खटिएका छन् भने विभिन्न संघ संस्थाको सहयोगमा पाल, ब्ल्यांकेट, कम्बल, ड्राइफुड, दाल चामल समेत वितरण गरिएको प्रहरीले जनाएको छ ।
Saturday, 11 July 2020July 11, 2020
म्याग्दी पहिरोमा परी २७ जनाको मृत्यु , झण्डै एक हजार विस्थापित
By The Himalaya
Saturday, 11 July 2020
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
मानिसहरुमा बेराजगारीको समस्या पनि निकै धेरै देखिएको छ ।यो नेपालमा मात्र नभई बिश्वको साझा समस्या हो ।तर साथै इन्टरनेटमा हामीले काम गरेर सज...
-
हिमालय असार २८,पोखरा । सात तालको बाटिका सहर लेखनाथमा रहेका तालहरुले यतिकै आन्तकि तथा विदेशी पर्यटकहरुको मन जित्न सफल छन् । पोखरा महानगरपाल...
-
असार –२७ पोखरा प्रधानमन्त्रि ओली माथि गैरजिम्मेवार पुर्ण ढङ्गले समाचार प्रसारण गरेको जि न्यूजले क्षमा मागेको छ । नेपालमा भारतिय न्यूज च्य...
-
हिमालय २०७७ असार २८ गते २८ असार, पोखरा । केहि दिनको लगातार बर्षापछि म्याग्दीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरो पर...
-
२६ असार, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो...
-
पोखरा ०१—३० नेपालमा आज मात्र एकैदिनमा ८३ जनामा कोरोना संक्रतणको पुष्टि चएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २१७ पुग...
-
२६ असार,पोखरा। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओ हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । बिहीबार साँझदेख...
-
उत्तम सुनार ०१—३०, पोखरा नेपालमा आज मात्र एकैदिनमा ४ जनामा कोरोना संक्रतणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ...
-
पोखरा, १४ चैत बिहीबार राति गण्डकी प्रदेशका अधिकाश भागबाट आकाशमा आगो, धुवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ । अन्दाजी राति ८ बजे ८ म...
No comments:
Post a Comment