Recent Posts

Tags

Categories

Recommended Posts

Popular Posts

Featured

१० दिनमै बढाइयो पेट्रोल डिजेलको मूल्य ,कति पुग्यो त मुल्य पठ्नुहोस ??

Friday, 10 July 2020
२६ असार, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।
अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

No comments:

Post a Comment

Popular Posts