
३० वैशाख, पोखरा
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई(पास खारेज गरेको छ । आज मात्र नेपालमा ८७ जनामा कोरोना पुष्टि भएकाले मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यलयबाट उपलब्ध गराईने ई—पास रद्ध गरिएको मन्त्रालयका सह—प्रबक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

अब एक जिल्लाबाट अर्को जिल्ला जान अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिललाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ । उपत्यका प्रवेश गर्ने पासका लागि गृह मन्त्रालयको स्वीकृति लिएर नम्बर समेत खुलाउनुपर्ने अधिकारी जानकारी दिएका छन् । पास नभएका सवारी साधन आवगमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
थप जानकारीका लागि
No comments:
Post a Comment